कांग्रेसले भन्यो – दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु दुःखद्



काठमाडौं, साउन ३०
नेपाली कांग्रेसले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मै फिर्ता पठाउनु दुःखद भएको प्रतिक्रिया दिएको छ ।

प्रमुख सचेतक चित्रलेखा यादवले संसदको दुवै सदनले पास गरेको विधेयकलाई फिर्ता पठाउनु दुःखद भएको बताएकी हुन् । उनले राष्ट्रपति भण्डारीको सो निर्णय अत्यन्तै अस्वभाविक, अदूरदर्शी र विवेकहीन भएको बताइन् ।

उनले राष्ट्रपतिको कदमलाई अस्वभाविकसमेत बताइन्। ‘नागरिकविहीन नेपालीका लागि यो साँच्चै नै दुःखद हो। राष्ट्रपतिले ती नागरिकताविहीन नागरिकको अपमान गर्नुभयो,’ उनले भनिन्। उनले राष्ट्रपति भण्डारीको कदमले वर्षौदेखि नागरिकताविहीन भएर बसेका नेपालीलाई थप पीडा बोध भएको बताइन् ।

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी हुन्। नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा पुनर्विचार हुन आवश्यक देखिएकाले उक्त विधेयक फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News