सिट बाँडफाँड प्रस्तावको जिम्मा कृष्णप्रसाद सिटौलालाई दिने कार्यदलको निर्णय


 


३१ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँडको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उनले बताए ।

सत्ता गठबन्धनले अन्य ८४ वटा क्षेत्रको भाग करिब मिलाइसकेको छ । ती ८४ वटामा सत्ता गठबन्धनले जसले जितेको उसले नै लिने गरी करिब सहमति गरेको बताइएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्