सरकारी तथ्यांकमा देशभर जम्मा १० हजार बेरोजगार



काठमाण्डौ, चैत्र २४

हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो तथ्यांक आर्थिक वर्ष ०७३÷७४ को ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ ।

विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ । माघमा १ हजार पाँच सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए ।

यो खबर हामिले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News