पेट्रोलको बढ्दा, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार
















