तेश्रो जितको खोजीमा थाइल्याण्डको सामना गर्दै


 


काठमाण्डौँ, असोज २१

मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को तेश्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ ।उपाधिको एक्लो दाबेदार टोली नेपालले हिजो घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको थियो ।

बायोमास ओभल मैदानमा हुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा रहनेछ । नेपालले पहिलो खेलमा म्यानमारविरुद्ध शानदार जित हात पारेको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्