प्रदेश १ मा अनुमती नलिई खेलकुद गतिविधि गरे १ लाख जरिवाना


 


विराटनगर, असोज २१

एक नम्बर प्रदेश सभामा प्रदेशको खेलकुद सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५ पेश भएको छ । एक नम्बर प्रदेशमा खेलकुदको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा ब्यवस्था गर्नको लागि बिधेयक सदनमा पेश भएको हो ।

आज सदनमा दर्ता भएको बिधेयकले एक नम्बर प्रदेश भित्र कुनैपनि खेलकुद गतिबिधि संचालन गर्दा अनुमती अनिवार्य गरेको छ । यदी अनुमती नलिई कुनैपनि प्रतियोगिता गराए, खेल खेलाईए तत्काल प्रदेश सरकारले जरिवाना तोक्न सक्ने ब्यवस्था गरिएको छ ।

सदनमा बिधेयक प्रस्तुत गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश भित्र कुनैपनि खेलुकद गतिबिधि गर्दा अनुमती नलिई गतिबिधि गरेको पाईए एक लाखसम्म जरिवाना हुने ब्यवस्था बिधेयकले गरेको जानकारी दिनुभयो ।

उहाँले बिधेयकमा प्रदेश खेलकुदको संरचनाको बारेमा जानकारी दिँदै एक खेलकुद विकास बोर्ड रहने ब्यवस्था रहेको जनाउनुभयो । बोर्ड भित्र बिभिन्न समितिहरु समेत रहने ब्यवस्था गरिएको छ । त्यस्तै हरेक जिल्लामा जिल्ला खेलकुद विकास समिति रहने त्यसमा पनि प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वटा भन्दा बढी भएको जिल्लामा थप अर्काे खेलकुद विकास समिति गठन गर्ने ब्यवस्था सहितको बिधेयक ल्याईएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्