भुटानबिरुद्ध नेपाल ११८ रनले विजयी



काठमाण्डौँ, असोज २३

आईसीसी विश्व टि–ट्वान्टी एसिया पुर्वी क्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको सानदार जित निकालेको छ।
यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा आज भुटानलाई १५१ रनको चुनौति दिएको थियो।

जवाफि व्याटिङमा उत्रेको भुटानका व्याटसम्यान भने अंक बटुल्न निकै समस्या पर्‍यो। भुटानका ३ खेलाडीले खाता खोल्न सकेनन् भने एक खेलाडीले मात्रै दोहोरो अंक बटुले। व्याटिङ तर्फ नेपालका प्रदीपसिंह ऐरीले नट आउट ७५ रन बनाएका थिए।

बलिङमा उत्रेका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। भुटानलाई सस्तैमा आउट गर्ने क्रममा संदीप लामिछानेले ३, ललितनारायण राजवंशीले ३ बसन्‍त रेग्मीले २ विकेट, दिपेन्द्रसिं ऐरी १ र सरद भेषवाकरले १ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News