पोखरा प्रिमियर लिग क्रिकेट आजदेखि, पोखरा र विराटनगर भिड्दै


 


पोखरा, कात्तिक ९

पोखरा प्रिमियर लिग क्रिकेट आजदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा आज बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्दैछन् ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरा र विराटनगरका अलावा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स र धनगढी ब्लुज छन् ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद पाउनेछन् भने हरेक खेलको विजेताले १५ हजार पाँच सय बोनसस्वरुप पाउनेछन् ।

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्