चार खेलाडी आइसिसीको बरियतामा



काठमाडौँ, कात्तिक १५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।

नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ कप्तान पारस खड्का ९४औँ र शरद १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ९२औँ र रेग्मी ७४औँ स्थानमा छन् ।

आइसिसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनका आधारमा बरियता निर्धारण गर्छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाली खेलाडी पनि यसै वर्षदेखि बरियतामा समावेश हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News