सन्दीप लामिछाने दिल्ली डेयर डेभिल्सबाटै खेल्ने



काठमाण्डौँ, कात्तिक ३०

आउँदो संस्करणको आईपीएलका लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन ।

गएको संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । अक्शन अगावै शिखर धवनलाई सनराइजर्स हैदराबादबाट टिममा भित्राएको दिल्लीले कप्तान गौतम गम्भीर र अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई टिमबाट मुक्त गरेको छ । यस संस्करणका लागि दिल्लीमा थुप्रै खेलाडी परिवर्तन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News