ए डिभिजन लिग फुटबल आजदेखी पुन: सुरु हुँदै


 


काठमाण्डौँ मंसिर १

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि पुनः सुरु हुँदैछ । गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि स्थगित गरिएको थियो ।

आजदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । पहिलो चरणको खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले मात्र स्पष्ट तीन अंक जोडेका छन् ।

त्रिभुवन आर्मी, एपीएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक÷एक अङ्क जोड्दा जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज अंकविहीन छन् ।

आजदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । आज नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्