ए डिभिजन लिगमा आज पनि दुई खेल


 


काठमाडौं, मंसिर २

सहिद स्मारक ए डिभिजन लिगमा आज चार टिमले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुुटबल संघ (एन्फा) कम्प्लेक्समा ११ बजे हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले विभागीय टिम नेपाल पुुलिस क्लबको सामना गर्नेछ भने दिउँसो साढे दुुई बजे हुुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र थ्री—स्टार क्लबबीचको खेल हुनेछ ।

विना रेलिगेशनको लिगमा आजको खेलमा मच्छिन्द्र क्लब पुलिसलाई रोक्दै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ भने लामो समय तयारी गरेको मोफसलमा आफुलाई बलियो देखाएको पुलिस मच्छिन्द्रमाथि सहज जितको खोजीमा हुनेछ ।

पुलिसले पहिलो खेलमा जावलाखेलमा जावलाखेल युथ क्लबलाई १—० पराजित गर्दै ३ अंक जोडेको छ भने पहिलो खेलमा च्यासलसँग अंक बाँडेको मच्छिन्द्र पुलिभन्दा कमजोर देखिएको छ । तर, पनि दोस्रो खेलमा अघिल्लो खेलमा गरेका गल्ती सुधार्ने क्लबले जनाएको छ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा थ्री—स्टार क्लब र ब्रिगेड ब्वाइज (बीबीसी) पनि आ—आफ्नो पक्षमा खेल पार्ने लक्ष्यका साथ मैदान उत्रिने प्रशिक्षकहरुले बताएका छन् ।

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्