ए डिभिजन लिगमा आजदेखि पाँचौं चरणको खेल


 


काठमाण्डौँ, मंसिर १४

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि पाँचौं चरणको खेल हुँदैछ । एन्फा मैदान ललितपुरमा आज विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुँदै छन् ।

जारी लिगमा एनआरटीले एउटा खेलमा बराबरी गर्नु बाहेक बाँकी तीन वटा खेल गुमाउँदै तालिकाको पुछारमा रहेको छ । विगतका लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल पुलिस यस सिजनमा फर्ममा आउने प्रयासमा छ । ४ मध्ये २ खेलमा जित एकमा बराबरी र एक खेलमा पराजित हुँदै ७ अंक जोडेको छ ।

छैटौं स्थानमा रहेको पुलिस आजको खेल जित्दै केहीबेरका लागि भए पनि चौथो स्थानमा उक्लने प्रयासमा हुने छ । दिउँसो साढे २ बजे रुस्लान थ्री स्टार र अर्काे विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । थ्री स्टारले तीन खेल जित्दा मनाङसँग भने पराजित भएको थियो । थ्री स्टारले जारी लिगमा ९ अंक जोड्दै चौथो चरणको समाप्तिमा चौथो स्थानमा राखेको छ ।

एपीएफले एक खेलमा जित, एकमा बराबरी गर्दा २ खेल गुमाएको छ । ४ अंक जोडेको एपीएफ तालिकाको नवौं स्थानमा रहेको छ । चौथो चरणको समाप्तिमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । उसले १२ अंक जोड्दा तीन खेलमा जित र एक खेलमा बराबरी गरेको त्रिभुवन आर्मी १० अंक सहित दोस्र्राे स्थानमा रहेको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्