रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडी घोषित



काठमाण्डौँ, मंसिर २४

रोहित चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् । यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जिते पनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजनमा २१ खेल खेल्दा तीन गोल गरेका थिए । नेपाली मिडफिल्डर रोहित चन्दको टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वन को उपाधि जितेको छ ।

जसमा रोहित लिगको मोष्ट भ्यालुयवल खेलाडी बने । लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहदै उपाधि जित्यो । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News