‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल


 


काठमाडौं, मंसिर २७

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल हुँदैछन् । आज तीन खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहान ११ बजे न्यूरोड टिम (एनआरटी) र सरस्वती युवा क्लबबीच पहिलो खेल हुनेछ । जारी लिगमा एनआरटी पहिलो जितको खोजीमा छ ।

सातदोबाटोमै आज दिउँसो साढे २ बजे सुरु हुने खेलमा संकटा क्लब र हिमालयन शेर्पा भिड्नेछन् । उपाधि जित्ने दौडमा रहेको संकटा सात खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा छ । आजको खेल जितको खण्डमा उसले शीर्ष स्थानको मनाङ मस्र्याङ्दीसँग अंक बराबरी गर्नेछ । हिमालयन शेर्पा क्लब भने ११ अंकसहित छैटौं स्थानमा छ ।

आजै हलचोकस्थित एपीएफ मैदानमा घरेलु टिम एपीएफ र जावलाखेल युथ क्लब भिड्नेछन् । एपीएफ १० अंकसहित तालिकाको आठौं स्थानमा छ भने ४ अंक मात्रे जोड्न सफल जावलाखेल तालिकाको एघारौं स्थानमा छ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्