खेल क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामा : मुख्यमन्त्री राई


 


विराटनगर, मंसिर २८

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको वताउनु भएको छ । प्रदेश नं. १, प्रदेश सरकार र अखिल नेपाल फुटवल संघ बीच मुख्यमन्त्री प्रदेश लिग, प्रदेश नं. १ एवं अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटवल प्रतियोगिता प्रदेश नं.१ आयोजक र संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उहांले सो कुरा वताउनु भएको हो ।

मुख्यमन्त्री राईले मानिसको अभिन्न अङ्गको रुपमा रहेको खेलबाट नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ भन्दै प्रदेश स्तरमा हुने यस्तो खेलकुदले तरङ्ग ल्याउने विचार व्यक्त गर्नु भयो । इतिहासको रचना र राष्ट्र पहिचान एवं प्रतिष्ठा खेलकुदबाट बढ्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राईले खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागि पर्ने कुरामा जोड दिनु भयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेललाई अव कामको रुपमा बदल्नु पर्ने भन्दै प्रदेश नं. १ मा केही खेलकुद मैदानलाई छनौट गरी अन्तराष्ट्रिय स्तरको बनाउने योजना बनाएको जानकारी दिनु भयो । अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकुद बिना मानिसको जीवन अधुरो रहने भएको यसतर्फ प्रदेश सकारको ध्यान जानु निकै उपलब्धि हो भन्नु भयो ।

कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटवल संघको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । प्रदेश नं.१ प्रदेश सरकार र अखिल नेपाल फुटबल संघको संयुक्त बिज्ञप्तिमा मुख्यमन्त्री कप प्रदेश स्तरीय लीग फुटबल प्रतियोगिता संचालन गर्न प्रदेश नं.१ प्रदेश सरकारले प्रतियोगिता संचालनार्थ प्रतिवर्ष रु। एक करोड पांच वर्षसम्म उपलब्ध गराउने जनाएको छ ।

यस प्रदेशका १४ वटै जिल्लाका फुटबल टिमलाई अनिवार्य रुपले सहभागी गराई प्रतियोगिताबाट उत्कृष्ट दुई वटा टिम प्रथम र व्दितीयलाई अन्तर प्रदेश कप सहभागी गराइने बिज्ञप्तिमा उल्लेख छ । यस्तै, प्रदेश नं.१ प्रदेश सरकारको सहकार्यमा नै अन्तराष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगित प्रदेश नं। १ संचालन हुने भएको छ ।

प्रतियोगिता संचालनार्थ प्रदेश सकारबाट अखिल नेपाल फुटबल संघ र प्रदेश खेलकुद बोर्डको परामर्शमा मन्त्रिपरिषद्व्दार गठित आयोजक समितिलाई रु।एक करोड पांच वर्ष सम्म उलब्ध हुने बिज्ञप्तिमा उल्लेख छ  प्रतियोगितमा सात प्रदेशका उत्कृष्ट टिमहरु ए डिभिजनका क्लबहरु मध्येका उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल टिमहरु तीन टिम गरी बढीमा १६ फुटबल टिमहरु सहभागी गराई प्रतियोगिता संचालन गरिने बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्