थ्रीस्टार क्लब दोस्रो स्थानमा


 


काठमाण्डौँ, मंसिर २९

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब दोस्रो स्थानमा उक्लिएको छ । आजको खेलमा मछिन्द्रविरुद्ध १–० को जित निकाल्दै थ्रीस्टारले दोस्रो स्थानको संकटासँग अंक बराबरी पनि गरेको हो ।

शीर्ष स्थानको मनाङको २४ अंक हुँदा दोस्रो स्थानमा रहेको थ्रीस्टार र तेस्रो स्थानको संकटाको समान २१ अंक रहेको छ । थ्रीस्टारले पहिलो हाफको ११ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरको थियो ।

मछिन्द्रको गल्तीमा थ्रीस्टारले पाएको पेनाल्टीलाई रञ्जित धिमालले गोलमा परिणत गरेका थिए । त्यसपछि पहिलो हाफ र दोस्रो हाफमा थप गोल नभएपछि सुरुमै गरेको गोलले थ्रीस्टारलाई स्पष्ट तीन अंक दिलाउन सफल भयो । आजको खेलसँगै ए डिभिजन लिगमा आठौँ चरणका खेल पनि सम्पन्न भएका छन् । अब नवौँ चरणको खेल सोमबारदेखि सुरु हुने छ ।

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्