‘ए’ डिभिजन लिग फुटवलमा आजदेखी नवौँ चरणका खेल


 


काठमाडौँ, पुस २

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल आजदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नवौँ चरणका खेल आज, भोली र पर्सी हुनेछन् ।

आज तीन तथा भोली र पर्सी दुई÷दुई खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो । आज पहिलो खेल न्युरोड टीम (एनआरटी र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ ।

एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । आज नै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ तथा सात अङ्कसहित जावलाखेल दशौँ स्थानमा छ । खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

आज तेस्रो खेल सङ्कटा क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । उपाधिको दाबेदार मानिएको सङ्कटा २१ अङ्कसहित तेस्रो स्थानमा छ । फ्रेन्ड्स क्लब पाँच अङ्का साथ ११औँ स्थानमा छ । सङ्कटा र फ्रेन्ड्सबीचको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । सात पटकको लिग विजेता मनाङ मस्र्याङदी क्लब अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्