ए डिभिजन लिग फुटबलमा आर्मी र थ्रीस्टार भिड्दै


 


काठमाण्डौ पुस ४

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज विभागीय टिम आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो दुई बजेर ३० मिनेटमा थ्रीस्टारले आर्मीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दुवै टिमलाई जित अपरिहार्य रहेको छ । उपाधि दौडलाई कायमै राख्ने हो भने दुवै टिमलाई जित्नुको विकल्प छैन । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ८ खेलबाट २१ अंक रहेको छ ।

लिगको चौथो स्थानमा रहेको आर्मीको भने ८ खेलबाट १७ अंक मात्रै रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा संकटा क्लब छ । संकटाको पनि ९ खेलबाट २४ अंक रहेको छ । लिगकै अर्को खेलमा विभागीय टिम पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबसँग विहान ११ बजे प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति: ४ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्