उर्लाबारीमा मुक्तिनाथ विकाश बैँकको शाखा


 


उर्लाबारी, पुस ६

मुक्तिनाथ विकास बैक लिमिटेडले आजदेखि उर्लाबारीका आफनो बैकिङ सेवा शुभारम्भ गरेको छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सो बैंकको उर्लाबारी शाखाको समुदघाट्न गर्दै नगरबासीलाई सहज किसिमबाट सेवा पु¥याउन आग्रह गर्नुभयो ।

आफनो नगरमा सेवा दिन खुलेको सो बैकको शाखामा वित्तिय कारोवार गर्न आग्रह गर्दै बैकले व्यवसायीकतासगै ग्राहकलाई अधिकतम सेवा दिन समेत सुझाब दिनुभयो ।

सो बैकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी लगायतका वक्ताहरुले सफलताको शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रधान कार्यालय काडमाण्डौमा रहेको सो बैकको उर्लाबारी शाखा १०८ औ शाखा हो ।

प्रकाशित मिति: ६ पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्