ए डिभिजन लिग फुटबलमा आज दशौं चरणको खेल सकिँदै


 


काठमाडौं, पुस ८

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौं चरणको खेल सकिँदै छ । जस अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । आजका दुवै खेल एन्फा मैदान ललितपुरमा हुने छ । बिहान ११ बजे हुने पहिलो खेलमा दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मी आमने सामने हुने छन् ।

जारी प्रतियोगितामा आर्मी १८ अंकसहित चौथो स्थानमा रहँदा १३ अंक जोडेको एपीएफ आठौं स्थानमा छ । आजको खेलमा आर्मी विजयी भए तेस्रो स्थानको थ्रीस्टारसँगको अंक दूरी १ मा झार्ने छ भने एपीएफ विजयी भए आर्मीभन्दा २ अंक कम हुँदै पाचौं स्थानमा पुग्ने छ ।

आज नै हुने दोस्रो खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुने छन् । शीर्ष स्थानमा रहेको मनाङ नवौं चरणसम्म अपराजित रहँदै २७ अंक जोडेको छ । पुलिस १५ अंक जोड्दै पाँचौ स्थानमा छ ।

आजको खेलमा मनाङ विजयी भए दोस्रो स्थानको संकटासँग ५ अंकको अग्रता बनाउने छ । पुलिस विजयी हुँदा १८ अंक र्पुयाउने छ ।

प्रकाशित मिति: ८ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्