अष्ट्रेलियामा सन्दीप लामिछानेको प्रभावशाली प्रदर्शन


 


काठमाडौं, पुस ९

नेपाली खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा प्रभावशाली प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सका खेलाडी सन्दीपले आज होबर्ट हरिकन्सविरुद्ध तीन विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले २४ रन दिएर तीन विकेट लिएका हुन् ।

यसअघि, सिड्नी थन्डरविरुद्धको खेलबाट बिग बास लिगमा ‘डेब्यु’ गरेका सन्दीपले आफ्नो पहिलो खेलमै दुई विकेट झारेका थिए ।

प्रकाशित मिति: ९ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्