एकदिवसीय क्रिकेटमा पारस खड्काको शतक


 


काठमाडौं, माघ १४

युएईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाली क्रिकेट टोलीका कप्तान परस खड्काले शतक हानेका छन् ।उनले सोमबार युएईविरुद्धको खेलमा शतक हानेका हुन् ।

कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । समग्रमा यो उनको तेस्रो अन्तर्राष्ट्रिय शतक हो ।

उनले युएईविरुद्ध दोस्रो पटक शतक प्रहार गरेका हुन् । गत वर्ष डिभिजन–२ फाइनलमा उनले युएईविरुद्ध शतक हानेका थिए । पारसले ९६ बलमा १३ चौका र १ छक्का हानेका थिए । उनी ११५ रन बनाएर आउट भए ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्