राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाइ


 


काठमाडौँ, माघ १५

यूएई विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बधाइ दिएका छन् । मंगलबार प्रधानमन्त्रीको ट्वीटर ह्यान्डलमार्फत् ‘नेपाललाई गौरवशाली सफलता’ हासिल गरेको भन्दै राष्ट्रिय टोलीलाई उनले बधाइ दिएका हुन् ।

“एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ १” प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु ।”

नेपालले तीन खेलको एकदिवसीय शृङ्खला २—१ को नतिजाले जितेको हो । दोस्रो एकदिवसीय खेलको अन्तिम खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्