युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा


 


काठमाडौँ, माघ १५

आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा गएराति भएको दोस्रो सेमिफाइनलमा कतार ४–० को फराकिलो अन्तरमा विजयी भयो ।

फाइनलमा पुगेसँगै सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले आफुलाई कमजोर नठान्न विश्व फुटबललाई चुनौती समेत दिएको छ । कतारले अब एसियन कपको उपाधिको लागि जापानसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा ईरानलाई पाखा लगाउँदै जापान फाइनलमा पुगेको थियो । फाइनल खेल आगामी शुक्रबार हुनेछ ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्