राष्ट्रिय क्रिकेट टिमलाई मुख्यमन्त्री राईको बधाई



काठमाडौँ, २० माघ

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई ब्यक्त गर्नुभएको छ ।  संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेकोमा मुख्यमन्त्री राईले नेपाली टिमलाई बधाई ब्यक्त गर्दै थप सफलताको शूभकामना दिनुभएको छ ।

युएईविरुद्धको आज अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News