महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित


 


काठमाडौँ, फागुन ९

आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । आज विहान भएको खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो ।

बैंककमा भएको खेलमा १ सय २५ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा ६७ रन मात्र बनायो । नेपालले अब भोलि यूएईसँग खेल्नेछ । यस्तै नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा नेपालसहित थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्