मोरङको मिक्लाजुङमा वाणिज्य बैँकको शाखा



उर्लाबारी, फागुन ११

मोरङको मिक्लाजुङ गाउँपालिका – ९ स्थित मधुमल्ला बजारमा राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालयको आज दिउँसो उद्घाटन गरिएको छ । शाखा कार्यालयको अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा। रामशरण खरेल र राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । मिक्लाजुङमा वाणिज्य बैँकको यो २१७ औँ शाखा हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी डा। खरेलले रोजगारी सिर्जनालाई सरकारको सफलताका रुपमा लिएर अघि बढिरहेको बताउनुभयो ।

सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक बनाउन पनि गाउँगाउँमा वाणिज्य बैँक स्थापना गरिएको उहाँले बताउनुभयो । सरकारको योजनालाई सफल बनाउन वाणिज्य बैँकको भूमिका महत्वपुर्ण हुने बताउनुहुँदै उहाँले सरकारले अघि सारेको सहुलियतपुर्ण कर्जा कार्यक्रमलाई सरल र सहज ढंगबाट लागु गर्न आग्रह गर्नुभयो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारको शतप्रतिशत लगानी रहेको वाणिज्य बैँक जनताको बैँक भएको बताउनुभयो । यो बैँकको मुनाफा सरकारको ढुकुटीमा जाने र पुन स् जनताकै निमित्त खर्च हुने हुँदा वाणिज्य बैँक जनताको बैँक भएको बताउनुभयो । सो अवसरमा स्थानीय बेदमाया अर्याल र गणेश दर्जीलाई सहुलियतपुर्ण ऋण प्रदान गरिएको थियो ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्य, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, मिक्लाजुङ व्यापार प्रबन्ध समितिका अध्यक्ष महाविर पौडेल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थानीय नेता राजेन्द्रप्रसाद घिमिरे र नेपाली काँग्रेसका स्थानीय नेता मानबहादुर राईको शूभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राष्ट्रिय वाणिज्य बैँक प्रदेश नं १ कार्यालय विराटनगरका प्रमुख रिसप भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News