प्रधानमन्त्री ओली चढेको विमान आकाशमै ‘होल्ड’ भएपछि
झापा,फागुन २३
प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज ३० मिनेटसम्म आकाशमा होल्ड भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं जाने क्रममा जहाज आकाशमा होल्ड भएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिती बनेको हो ।
समितिलाई आठ दिनमा सत्यतथ्य पत्ता लगाउनुपर्ने कार्यादेश दिइएको छ।
प्रधानमन्त्रि ओली झापा आन्दोलनका अगुवा मारिएको दिनमा आयोजित कार्यक्रममा भाग लिन झापा आउनु भएको थियो ।
प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार












