पीएसएल खेलेर सन्दिप लामिछाने आज काठमाण्डौँ फर्किदै


 


काठमाण्डौँ, फागुन २८

पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) खेलेर सन्दीप लामिछाने आज काठमाण्डौ आउने भएका छन् । लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाए ।

अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई आएका थिए । यूएईमा पाँच खेलेपछि पीएसएलका बाँकी खेल पाकिस्तानमा भएका थिए । जसका लागि पाकिस्तान आइपुगेका सन्दीपको टिम लाहोर सोमबार भएको अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो ।

मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए । समग्रमा सात वटा खेलमा सहभागिता जनाएका सन्दीपले आफ्नो प्रतियोगिताभर ११ विकेट हात पार्न सफल भए । २३ तारिखदेखि आईपीएल सुरु हुने भएकाले काठमाण्डौ आएपछि एकदुई दिनमा उनी भारत जाने छन् । आईपीएलमा उनी यस सिजनमा पनि दिल्लीबाट खेल्दैछन् । सन्दीप आज दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्