पाँचौ महिला साफ फुटवल आजदेखी मोरङको विराटनगरमा सुरु हुँदै


 


विराटनगर, फागुन २८

पाँचौ महिला साफ फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेलान नेपाल र भूटानबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल शहीद रङ्गशालामा दिउँसो ३ बजेपछी सुरु हुनेछ । प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने बताईएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्