नेपाल साफ महिला फुटवलको सेमिफाईनलमा प्रबेश


 


विराटनगर, फागुन ३०

आयोजक नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज समूह ‘ए’को खेलमा भुटानले लगातार दोस्रो हार व्यहोरेसँगै नेपालले एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो ।

नेपालले भुटानलाई मंगलबार ३–० ले हराएको थियो । आजको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको बंगलादेशका लागि ४७ औं मिनेटमा मिश्रात जहान मौसमी र ८५औं मिनेटमा सबिना खातुनले गोल गरिन् । यो जितसँगै तीन टिम सहभागी समूहबाट बंगलादेशपनि सेमिफाइनलमा पुगेको छ ।

भुटान प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिताअन्तर्गत भोलीको खेलमा माल्दिभ्सले श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्