साफ च्याम्पीयनसिप : बंगलादेशबिरुद्ध नेपालको अग्रता तेब्बर


 


विराटनगर । मन्जली कुमारी योन्जनले गोल गरेपछि नेपालले पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा बंगलादेशबिरुद्ध ३–० को अग्रता लिएको छ । सावित्राले गोल गरेको केहीसमयमै बंगलादेशका रक्षकलाई छक्याउँदै मन्जलीले गोल गरीन् । त्यसअघि गोलकिपर रुप्ना चक्मालाई बिट गर्दै सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।

बिराटनगरस्थित सहिद रंशगालामा नेपालले पहिलो गोल उपहार पाएको थियो । मसुरा परबिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि नेपालले सुरुआती अग्रता लिएको थियो । भुटानलाई ३–० ले पराजित गरेको नेपाल समुह ए को विजेता बन्ने लक्ष्यमा छ । दुबै टोलीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्