साफ च्याम्पियनशीप : सावित्रा भण्डारीले गोल गरेपछि सेलिब्रेशन रोनाल्डोको शैलीमा


 


विराटनगर। विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनशीप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले मध्यान्तर अघि नै ३-० को अग्रता लिएको छ ।

शहीद मैदानमा भइरहेको खेलमा नेपालले बंगलादेशलाई सुरुवातदेखि नै दबाबमा राख्न सफल भएको छ । खेलको सुरुदेखि नै एक पछि अर्को आक्रमणमा असफल भएको नेपालले अग्रता लिन भने बंगलादेशी खेलाडीको आत्मघाती प्रहार सम्म कुर्नु परेको थियो ।

खेलको पाँचौ मिनेटमा बंगलादेशी खेलाडी मसुरा प्रविनले आत्मघाती गोल गरेपछि घरेलु टोलीले अग्रता लिन सफल भएको थियो । खेलको २१ औं मिनेटमा भने आफ्नो निरन्तरको प्रयासलाई सफल पार्दै सावित्रा भण्डारीले गोल गर्न सफल भएकी थिइन । उनको यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा गरेको २४ औं गोल हो ।

क्रिष्टियानो रोनाल्डोका फ्यान सावित्रा अर्थात साम्बाले गोल गरेपछि कर्नरमा पुगेर रोनाल्डो शैलीले नै गोलको सेलिब्रेशन मनाएकी थिइन । खेलको २८ औ मिनेटमा सावित्रा भण्डारीको पासलाई सदुपयोग गर्दै मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाइ अग्रतालाई तीन शून्यमा पुर्याएकी थिइन ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्