साफ च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता


 


विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशमाथि सहज जित हात पारेको छ । जितसँगै नेपाल समूह एको विजेता बनेको छ ।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३ –० गोल अन्तरले हराएको हो । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३ –० गोलअन्तरले पराजित गरेको थियो भने बंगलादेशले भुटानमाथि २ –० को जित निकालेको थियो । नेपालले पहिलो हाफमै ३ गोल गरेको थियो । दोस्रो हाफमा थुप्रै गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्