फोटो कथा

चेछेन कुङ्गा छेखोरलिङ गुम्बा

मुस्ताङको घरपझोङ गाउँपालिक-४ जोमसोम बजारमा अवस्थित चेछेन कुङ्गा छेखोरलिङ गुम्बा र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिरः सुशीलबाबु थकाली/रासस

पञ्चकुण्ड तालमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालमा मनोरञ्जन लिँदै पर्यटक । अन्नपूर्ण आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बनेको

इदगाहमा प्रार्थना गर्दै इस्लाम धर्मावलम्बी

इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद–उल अजहा (बकई–इद) पर्वका अवसरमा आज सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा रहेको इदगाहमा प्रार्थना गर्दै इस्लाम धर्मावलम्बीहरु तस्बिर: अजितकुमार झा/रासस

बाख्रा वितरण

चुरे गाउँपालिका–५ ले जनजाति आयआर्जन कार्यकमअन्तर्गत शनिबार वितरण गरिएका उन्नत जातका बाख्रा । तस्बिरः मीन ठकुरी÷रासस

पञ्चेबाजा बजाउँदै महिला

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले शनिबार नेपालगन्जमा आयोजना गरेको तीन दिने वेष्टर्न ट्राभल मार्टमा पञ्चेबाजा बजाउँदै खजुराका महिला । तस्बिर : युवराज पाण्डे/रासस

नमूना विपद् उद्धार अभ्यास

सर्लाही र रौतहटको सिमाना चन्द्रपुर नगरपालिका-१, नुनथरस्थित बागमती नदीमा नेपाली सेनाको मध्य पूर्वी पृतनाको आयोजनामा सञ्चालित नमूना विपद् प्रतिकार्य अभ्यास गर्दै सुरक्षाकर्मीहरु । तस्बिर : सिङ्घबहादुर थापा / रासस

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमण पूरा गरी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः गोपाल दाहाल/रासस

तोल्क्यों पोखरी

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित अन्नपूर्ण आधार शिविर पदमार्गमा सोमबार देखिएको तोल्क्यों पोखरीको दृष्य । तस्बिर: धनबहादुर गुरुङ/रासस

दोस्रो खुल्ला राष्ट्रिय डुङ्गा दौड प्रतियोगिता

नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको आयोजनामा आइतबार पोखराको लेकसाइडस्थित वराही घाटमा आयोजित ‘दोस्रो खुल्ला राष्ट्रिय डुङ्गा दौड प्रतियोगिता’मा सहभागीहरु। तस्बिरः राधिका कँडेल/रासस

यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली,