फोटो कथा

प्रधानमन्त्री ओलीलाई दोहामा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा गए राति कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले स्वागत गर्नु भएपछि प्रधानमन्त्रीसँग राजदूत पौडेललगायत भ्रमण दलका सदस्यहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

बादलको घुम्तोमा माछापुच्छ्रे हिमाल

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाबाट आइतबार बिहान बादल घुम्तोभित्र देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।तस्बिरः राम थापा/रासस

असार १५ः रोपाइँसहित दहीचिउरा खाएर मनाइयो (फाेटाे फीचरसहित)

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दहीचिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु

दौड प्रतियोगितामा पुरुषतर्फ सञ्जय र महिलातर्फ निशा प्रथम

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार घोराहीमा सम्पन्न लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष र महिला १० किलोमिटर ‘रोड रेस’ दौड प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ प्रथम, सोही क्लबका नरेन्द्र

सिक्टा सिँचाइ आयोजना

बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौँमा आँप उत्सव

शुक्रबार काठमाडौँ अर्गानिक्स, एग्रि नेपाल ,अर्थियर एप, यूबी होल्डिङस र वाल्नट बिस्ट्रोको सहकार्यमा आयोजना भएको तीन दिने नेपाली आँप उत्सवमा आँपबाट बनाइएका विभिन्न परिकार अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः हरिराम

छिटाहामा रोपाइँ

सुनसरीको गढी गाउँपालिका–३, छिटाहामा शुक्रबार रोपाइँ गर्दै रोपाहार । आधा असार हुन लाग्दासम्म समेत पर्याप्त पानी नपरेर सिँचाइका लागि वैकल्पिक व्यवस्था गर्नु पर्दा किसानको लागत बढेको छ । तस्बिरः नवीन

कालोपत्रे सकिएपछि सामूहीक तस्बिर खिचाउँदै

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा शुक्रबार मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको सडक कालोपत्रेकाे काम सकिएपछि सामूहिक तस्बिर खिचाउँदै । यो खण्डको ४१ दशमलव ५ किलोमिटर दूरीमा चार लेनको कालोपत्रे

ड्रागन फ्रुटखेती

दाङको लमही नगरपालिका-३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले गर्नुभएको ड्रागन फ्रुटखेती । उहाँहरुले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखी व्यवसायिक रुपमा खेती गर्दै आउनुभएको छ

ढुम्बा ताल

मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल । बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ । तस्बिरः सुशीलबाबू थकाली/रासस