
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार प्रधानमन्त्री निवास, बालुवाटारमा संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगका लागि विश्वव्यापी मञ्च ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीको भेट । तस्बिर/रासस

मुस्ताङको जोमसोम मुक्तिनाथ मार्गमा पर्ने पर्वत शृङ्खला । तस्बिरः धर्मेन्द्र झा/रासस

बनेपा (काभ्रे)को प्रसिद्ध जात्रा चण्डेश्वरीको मङ्गलबार जात्रा गरिँदै । स्वांया पुन्ही (बुद्ध पूर्णीमा)को दिनदेखि तीन दिनसम्म चण्डेश्वरी मन्दिरदेखि बनेपा तीनधारालगायतका क्षेत्रमा जात्रा गर्ने गरिन्छ । तस्बिरस् रत्न श्रेष्ठ/रासस

२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागीहरु । तस्बिर:राधेश्याम विश्वकर्मा/ रासस

अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशीमा र्याफ्टिङपछि पौडी खेलेर मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । गर्मी मौसमका कारण र्याफ्टिङकै लागि सिन्धुपाल्चोकमा हप्ता दिनमा करिब दुई हजार पर्यटक भित्रिने गरेका छन् । तस्बिरः

ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा सोमबार किराँत समुदाय उभौली पर्वमा साकेला नाच नाच्दै । किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्वका रुपमा रहेको यस पर्वलाई ‘साकेला पर्व’ पनि भनिन्छ ।

भैरहवा (रूपन्देही), २८ वैशाख । दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको

समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाईमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो ।

कानुन दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित समारोहमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद

दाङको तुलसीपुर उपमहानगरपालिका-१९ स्थित कालिका पकरे कृषि वन उद्यमी समूहका सदस्यले बजारमा बिक्री गर्नका लागि बनाएका हस्तकलाका सामग्री । तस्बिरःदीपक बोहरा / रासस