
बागलुङको निसीखोला गाउँपालिकामा पट्टा नाच प्रस्तुत गर्दै दुई बालक । यो नाच हरेक वर्ष माघकाे पहिलाेसातामा प्रदर्शन गर्ने गरिन्छ । तस्बिर : डम्मर बुढामगर/रासस

रौतहटको चन्द्रपुर-२ जुडिबेलामा मह उत्पादनको लागि गरेकाे व्यावसायिक मौरी पालन । मौरी पालकहरुले मह उत्पादनकाे लागि खेतमा मौरी चराउने गर्दछन । तस्बिर : रमेश तिमलसिना/रासस

जिल्ला विपद् व्यवस्थापन समिति अछामको आयोजनामा २७औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा भुकम्पसम्बन्धी सन्देश मुलक देउडा ( न्याउले) प्रतियोगितामा प्रतिभा प्रस्तुत गर्दै मङ्गलसेन नगरपालिका विभिन्न वडाका महिलाहरु । तस्बिरः सुशील

विराटनगरको रानीदेखि धरानसम्मको कोशी राजमार्गमा बनेको ६ लेन सडकको इटहरीस्थित आँपगाछी खण्ड । तस्बिरः नवीन गड्तौला/रासस

हलेसी तुवाचुङ नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आयोजकलाई शिल्ड हस्तान्तरण गर्दै साबिक विजेता पिपलडाँडा देविस्थान मावि मङ्गलटार । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ मङ्गलबार दसौँ राष्ट्रिय योग दिवस अछाममा योगाभ्यास गर्दै । तस्बिरः सुशील भण्डारी/रासस

जनकपुरधाम जनक चोकस्थित अरगजा पोखरीको डिलमा खिचडी, तिलका लड्डु, अचार र दही खाँदै युवा। यहाँ प्रत्येक वर्ष माघे सङक्रान्तिको दिन स्थानीय युवाहरूले एक दशकदेखि यो भोजको आयोजना गर्दै आएको छ।

माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित माघी महोत्सवमा मौलिक वेशभूषामा सजिएर नाचगानमा रमाउँदै मगर समुदाय । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिएपश्चात् सामूहिक तस्बिरमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी चोकमा व्यापारीले बिक्रीका लागि ठेलामा राखेको तिल र भूजियाको लड्डु । नेपालगञ्जमा तिलको लड्डु प्रतिकेजी रु ५००, रामदानाको रोटी ५००, गोलो भूजा प्रतिकेजी रु ३००