फोटो कथा

शालीनदीमा भक्तजन

काठमाडौँको शंखरापुर नगरपालिका–७ स्थित साँखु शालीनदीमा पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माघस्नान सहित माधवनारायण मेलामा आएका भक्तजन । तस्बिरः हरिराम भेटुवाल/रासस

नृत्य गर्दै महिलाहरु

शुक्लाफाँटा नगरपालिका–८ का परम्परागत डोटेली पहिरनमा सजिएका महिलाहरु नृत्य गर्दै । परम्परागत डोटेली पहिरन हराउन थालेपछि जगेर्ना गर्नका लागि महिलाहरुले पहल गरेका छन् । सांस्कृति सामाजिक समारोहमा परम्परागत पहिरन प्रदर्शन

बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड

माघे सङ्क्रान्ति नजिकिँएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २०० र सेतो तरुल रु १०० मा बिक्री

लागु औषध नियन्त्रण सचेतना कार्यक्रम

सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाले संयुक्त रुपमा आयोजना गरेको युवा लक्षित लागु औषध नियन्त्रण सचेतना कार्यक्रमपछि सहभागीहरु सामुहिक तस्बिरमा सहभागी

स्ट्रबेरी खेती

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कट्ठा भाडाको जग्गामा व्यवसायिक रुपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती । मङ्सिरमा रोपिएका बिरुवाले माघको दोश्रो हप्तादेखि उत्पादन दिन सुरु गर्ने किसान

नागढुङ्गा सुरूङमार्ग

काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुङ्गा सुरूङमार्ग । सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ । तस्बिरः रत्न

चोभार सुक्खा बन्दरगाह

काठमाडौँको चोभारमा अवस्थित सुक्खा बन्दरगाह । पछिल्लो समय चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुला गरेको भन्सार विभागले जनाएको छ । तस्बिरः किरणराज विष्ट/रासस

नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै

विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार सङ्कलन गरेर सार्वजनिक गर्दै लमजुङ प्रहरी । जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२

खोस्टाबाट निर्मित हस्तकला सामग्री

नेवा देय् दबू टोखा नगर समितिद्वारा काठमाडौँ टोखामा बुधबार आयोजित १५ औँ नेवा एकता दिवस कार्यक्रमस्थल छेउमा बिक्रीका लागि स्टलमा राखिएका मकैको खोस्टाबाट निर्मित हस्तकला सामग्री । तस्बिरः हरिराम भेटुवाल/रासस

थारु नाच

धनगढी उप–महानगरपालिकास्तरिय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को उद्घाटन कार्यक्रममा बुधबार धनगढीको खुलामञ्चमा थारु नाच प्रदर्शन गर्दै कलाकार । तस्बिर : मीन ठकुरी/रासस