फोटो कथा

ठेकी व्यापारी

म्याग्दी सदरमुकाम बेनीमा ठेकीको व्यापार गर्न आउनुभएका बागलुङका टीका चुदारा ग्राहक कुर्दै । उहाँले परम्परागत सीप र प्रविधिको प्रयोग गरेर ठेकी बनाउने पेसाबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्बिरः कमल

कोहलपुर बजार र भ्यूटावर

बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्कस्थित ‘भ्यूटावर’ र आसपासको क्षेत्र । लिफ्टसहितको सुविधा सम्पन्न यो भ्यूटावर दश तलाको छ । तस्बिर: रुपनी जि एम / रासस

इच्छाकामना मन्दिर

चितवनको इच्छाकामना–५ मा अवस्थित इच्छाकामना मन्दिर । तस्बिरः हीरालाल गुरुङ/रासस

मयूर नाच

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर सङ्घ घोराहीको आयोजनामा सुरुभएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको उद्घाटन सत्रमा आइतबार सेरिङ्गे (मयूर) नाच प्रस्तुत गर्दै प्वाङेली समाजका कलाकार ।

सिरक–डस्ना बनाउँदै दम्पत्ति

काभ्रेपलाञ्चोकको बनेपास्थित गोदामचोक सडकछेउमा सिरक–डस्ना बनाउँदै एक दम्पत्ति । सुनसरीबाट आउनुभएका उहाँहरु अहिलको जाडो मौसममा नयाँ कपासबाट सिरक–डस्ना बनाएर दैनिक रु दुई हजार आम्दानी हुने बताउँनुहुन्छ । तस्बिरः राजकुमार पराजुली/रासस

विश्वविद्यालयको केन्द्रीय कार्यालय र आसपासको क्षेत्र

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

भूकम्पपीडितका लागि निर्माण गरिएका अस्थायी आवास

गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घर भत्किएपछि नलगाड नगरपालिका–१ कल्पत गाउँमा पीडितका लागि निर्माण गरिएका अस्थायी आवास । तस्बिरः हेमन्त केसी÷रासस

बासुरीको धुन प्रस्तुत गर्दै स्थानीय बासिन्दा

भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सवमा बासुरीको धुन प्रस्तुत गर्दै स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस

चिनियाँ राजदूतलाई मायाको चिनो

भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा सहभागी हुनु भएका नेपालका लागि चिनियाँ राजदूत छन् सङलाई मायाको चिनो दिँदै नगर प्रमुख सुनिल प्रजापति

पाथीभराबाट देखिएको हिमशृङ्खलाको दृश्य

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराधाम परिसरबाट देखिएको कुम्भकर्णसहितको हिमशृङ्खलाको दृश्य । तस्बिरः सन्तोष पुर्कुटी/रासस