
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि नेपालगञ्जमा सुरु भएको प्रादेशिक महोत्सवका अवसरमा नेपालगञ्जमा प्रदर्शनको लागि बाँके राष्ट्रिय निकुञ्जबाट ल्याइएका हात्ती । तस्बिरः भेषराज बस्नेत /रासस

सिरहाको लहान-३ स्थित लक्ष्मण ललिता कुशवाह (ललकु) माध्यमिक विद्यालयका विद्यार्थीहरुले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम अन्तर्गत उत्पादन गरेको च्याउ । तस्बिर/रासस

मोटरसाइकलमा भारतको गुजरातसम्मको यात्रामा निस्किएका काठमाडौँका डेढ दर्जनभन्दा बढी युवा । उनीहरु झण्डै तीन साता लामो यात्राको लागि बिहीबार वीरगञ्जबाट रक्सौल नाकाहुदैँ भारत प्रस्थान गर्न लागेका हुन् । तस्बिरः हिमाल

मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

दोलखा जिल्लाको कालिञ्चोक गाउँमा रहेको कालिञ्चोक भगवती मन्दिर । तस्बिरः गोकर्णप्रसाद भण्डारी/रासस

सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा परेड खेल्दै प्रहरीहरु । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरुको छलफलपश्चात प्रमसँग सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञहरु सामूहिक तस्बिरमा । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

हिमालीपारिको जिल्ला मुस्ताङको घरपझोङ–५ ठिनी गाउँमा कृषकले उत्पादन गरेको रैथाने बाली उवालाई आगोमा भुट्दै स्थानीय बासिन्दा । मुस्ताङको रैथाने बाली उवालाई सातु र घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिन्छ ।

सङ्खुवासभाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइड । तस्बिरः भविन कार्की/रासस

जिल्ला प्रहरी कार्यालय दाङमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त फाराम भर्न आएका लामबद्ध सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस