
गुल्मीको रूरूक्षेत्र गाउॅपालिका–३ स्थित थोर्गामा उखुको रस पकाएर सख्खर बनाउॅदै कृषक। थोर्गेली अर्गानिक सख्खर स्वादिलो हुने भएको कारण कोसेलीको रूपमा युरोप, अमेरिका र अष्ट्रेलियासम्म पुग्ने गर्दछ । तस्बिरः जनार्दन घिमिरे/रासस

अत्यधिक चिसोबाट प्रभावित मटिहानी नगरपालिका वडा नं ४ र ९ का मुसहर र डोम समुदायका १२३ जनालाई शनिबार नेपाली सेनाको गोरखनाथ गण प्रकौलीले कम्बल वितरण गर्दै । तस्बिरः मो. इसराफिल

दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन । तस्बिर : कुलदीप न्यौपाने

चितवनको राप्ती नदीमा आहारको खोजी गर्दै पानी हाँस । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित शहीद मञ्चमा थारु कल्याणकारिणीसभाको आयोजनामा बिहीबारदेखि सुरु भएको माघ सांस्कृतिक महोत्सवको अवसरमा निकालिएको पदयात्रामा थारु वेषभूषामा सजिएका महिला । तस्बिरः सुशीला ओली/रासस

अछामको मङ्गलसेन नगरपालिका-६ का महिलाहरु नजिकैको जङ्गलबाट पतकर बोकेर फर्किदै । तस्बिर : सुशील भण्डारी / रासस

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटवार्ता हुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

किरात संस्कार अनुसार मृतात्माको चीर शान्तिको कामनासहित निर्माण गरिने ठाँटीचौतारामा राख्नका लागि किताब ढुङ्गा कुँद्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका ऋषिधन राई । सडक सञ्जाल विस्तारका कारण मूलबाटो तथा भञ्ज्याङहरुमा

मेलम्ची नगरपालिका–९ गुफाडाँडामा बुधबार आयोजित पाँचौँ जलवायु सम्मेलनका सहभागीहरु। उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभएको हो ।तस्बिरः देवराज सुवेदी/रासस

सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित टायर गाडामा पराल लिएर गन्तव्यतर्फ जाँदै किसान । पराल गाईवस्तुलाई खुवाउन र सुकुल, चकटी बुन्नलगायत अन्य कार्यमा पनि प्रयोग गरिन्छ। तस्बिरः विश्वनाथ ठाकुर/रासस