फोटो कथा

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजय उत्सव (फाेटाे फीचर)

धनुषाको जनकपुरधाममा शुक्रबार नेपाल प्रिमियर लिग (एनपिएल)विजेता टोली जनकपुर बोल्ट्स सहित निकालिएको ट्रफी र्‍यालीमा सहभागी सर्वसाधारण। तस्बिर : चन्द्रदेव साह/रासस

साइपाल हिमालको आधार शिविर क्षेत्र

बझाङ जिल्लाको साइपाल गाउँपालिकामा अवस्थित साइपाल हिमालको आधार शिविर क्षेत्र (बेस क्याम्प) । समुद्री सतहबाट चार हजार २०० मिटरमा पर्ने यस क्षेत्रलाई औँलागाड पनि भनिन्छ । तस्बिरः भूमिराज पिठातोली/रासस

मह प्रशोधन गर्दै

दाङको घोराही उपमहानगरपालिका–१३ मौलकोटमा मौरीको मह प्रशोधन गर्दै महिलाहरु । दश वर्षदेखी व्यवसायिक रुपमा मौरी पालन गर्नुभएका घोराही-१३ डुम्मरगाउँका सिरबहादुर पुनले मौलाकोटमा चिउरीको मह उत्पादनकालागि एक सय पचास घार मौरी

हात्ती महोत्सवमा–आफ्नो वेषभूषामा थारु समुदाय चितवनको सौराहामा बिहीबारदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ मा आफ्नो वेषभूषामा सहभागी हुँदै थारु समुदायका महिला । तस्बिरः कृष्ण आचार्य/रासस

भ्रमण खर्च बचत गरी शैक्षिक सामग्री प्रदान

महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थी शैक्षिक भ्रमण खर्च बचत गरी श्री पञ्चधुरा आधारभूत विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरणपश्चात् सामूहिक तस्बिरमा । तस्बिरः गोपाल बराल/रासस

चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं १, शीतलपुरस्थित दलित प्राविका विद्यार्थी विगत १७ वर्षदेखि फर्निचर र भवनको अभावमा दुई छाप्रोमा बोरामा बसेर अध्ययन गर्दै । उक्त विद्यालयमा बाल विकास कक्षादेखि

कठरिया होरी नृत्य प्रस्तुत

कैलालीको बौनियामा मङ्गलबार बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव उद्घाटन समारोहमा कठरिया होरी नृत्य प्रस्तुत गर्दै कठरिया समुदाय । तस्बिरः इन्द्राकुमारी केसी/रासस

डुङ्गा सयर

मोरङको लेटाङ नगरपालिका-१ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको राजारानी पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिर : मणिराम दाहाल / रासस

भक्का किन्दै विद्यार्थी

मोरङको पथरी शनिश्चरे१ मा रहेका बिहानी सत्रमा लाग्ने विद्यालयका विद्यार्थीहरु खाजा खान भक्का किन्दै । जाडो याममा खाजाको रुपमा तातो भक्का विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । तस्बिरःगोपाल काफ्ले /

पुरस्कृत बालबालिकासँग सभामुख घिमिरे

सभामुख देवराज घिमिरे राजधानीमा आज आयोजित दोस्रो कुरान वाचन प्रतियोगिताका पुरस्कृत बालबालिकासँग सामूहिक तस्बिरमा । तस्बिर : रूपेश आचार्य/रासस