फोटो कथा

भरत तालमा आन्तरिक तथा वाह्य पर्यटक

अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसरमा सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा फैलिएको १२१ बिगाहा क्षेत्रफलको मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटक । सार्वजनिक

तमु ल्होसारः सांस्कृतिक पहिचानसहित गुरूङ समुदाय

तमु ल्होसारको अवसरमा आज काठमाडौँमा आयोजित र्‍यालीमा सांस्कृतिक पहिचानसहितको जातीय वेशभूषामा सहभागी हुँदै गुरूङ समुदाय । तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखरामा दोस्रो संस्करणको जारी ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा सोमबार पाँचसय मिटरको फाइनल खेलका लागि प्रतिस्पर्धा गर्दै चाइनिज टिम । तस्बिरः राधिका कँडेल/रासस

श्राद्ध गर्दै

गोकर्णेश्वर नगरपालिका-४ स्थित उतरगया गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सोमबार पौष कृष्ण औँसीका दिन दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान

हिउँले ढाकिएका सवारीसाधन

हुम्लामा शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन । तस्बिर : दाने बोहरा / रासस

दीक्षान्त समारोहमा हर्षित हुँदै दीक्षितहरु

त्रिभुवन विश्वविद्यालयले त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा शनिबार आयोजना गरेको ५०औँ दीक्षान्त समारोहमा दीक्षित भएपश्चात् हर्षित हुँदै दीक्षित भएकाहरु । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

हात्तीलाई बनभोज गराइँदै

सौराहमा आयोजित १८औँ पर्यटन तथा हात्ती महोत्सवको आज तेस्रो दिन शनिबार हात्तीको वनभोजको लागि तयार पारिएको खानेकुराको तस्विर खिच्दै सर्वसाधारण । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

दौड प्रतियोगिता

तनहुँको दमौलीस्थित रोट्याक्ट क्लव अफ दमौलीद्वारा शनिबार दमौलीमा आयोजित दमौलीदेख छाव्दीवाराहीसम्म ९ किलोमिटर दुरीको दौड प्रतियोगितामा सहभागी धावक खेलाडीहरु । क्लवको कार्यक्रममा सन् २००३ मा भारतमा दिवङ्गत हुनुभएका क्लवका संस्थापक

सुन्तला खरिद गर्दै पर्यटक

कैलाली जिल्लाको कर्णाली चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटक । तस्बिरः प्रदीपराज वन्त÷रासस

बिजुलीकली-हात्ती सुन्दरी प्रतियोगिता

चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन शुक्रबार आयोजित हात्ती सुन्दरी प्रतियोगिताको विजेता २५ वर्षीया ‘बिजुलीकली’ । हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले