फोटो कथा

मिनी ग्रेटवाल

तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको पदमार्ग पर्खाल (मिनी ग्रेटवाल) । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

हिमशृङ्खलाको मनोरम दृश्य

काठमाडौँको भद्रकालीबाट मङ्गलबार देखिएको हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस

विमानस्थलमा यात्रुको भीड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देखिएको विदेशिने यात्रुको भीड । दैनिक दुई हजारदेखि दुई हजार पाँचसम्म नागरिक रोजगारीको लागि विदेशिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । तस्बिर : सुरज

मुकुण्डो बनाएर रङ लगाउँदै कलाकार

मध्यपुर माक्स मेकिङ, बाहाखा बजारमा मुकुण्डो बनाएर रङ लगाउँदै कलाकार सोम तामाङलगायत। माक्स बनाउन कोलोमाटो, नेपाली कागज, मलमल कपडा, कपास, मैदाको माडको मात्रा मिलाएर बनाउने गरिन्छ । तस्बिरः रत्न श्रेष्ठ/रारास

ढोलठानमा आन्तरिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानमा प्राकृतिक दृृश्यावलोकनका लागि आएका आन्तरिक पर्यटक । तस्बिरः ध्रुवसागर शर्मा/रासस

बन्द अवस्थामा हावाबाट निकालिएको वायु ऊर्जा

अछामको कमलबजारमा अवस्थित हावाबाट निकालिएको २० किलोवाटको वायु ऊर्जा । वायु ऊर्जाको सामानहरुमा समस्या देखिएपछि पछिल्लो समय बन्द अवस्था रहेको छ । तस्बिरः सुशील भण्डारी/रासस

योमरी पूर्णिमा

काठमाडौँ तारकेश्वरको मनमैजुमा आइतबार योमरी पूर्णिमाका दिन योमरीको प्रतिमालाई पूजा गर्नेका लागि मिलाएर राख्दै । तस्बिरः हरिराम भेटुवाल/रासस

साकेला नाच प्रस्तुत गरिँदै

किरात राई समुदायको उधौली पर्वको अवसरमा ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खाले आइतबार आयोजना गरेको साकेला उधौली कार्यक्रममा साकेला नाच प्रस्तुत गरिँदै ।तस्बिरः हरिराम भेटुवाल/रासस

सेती नदीमा जलविहार

तनहुँको बन्दीपुर गाउँपालिका-६ स्थित सेती नदीमा जलविहार गर्दै पर्यटक । सेदी नदीमा सहासिक जलयात्रा बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

महानगर दिवस कार्यक्रममा उपराष्ट्रपति यादवलगायत

तिसौँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाद्वारा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा उपस्थित हुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा नगर प्रमुख बालेन्द्र शाहलगायत । तस्बिरः किरणराज विष्ट/रासस