फोटो कथा

एनपिएल फाइनल खेल र पुरस्कार वितरणका झलक

कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको अन्तिम खेलमा जनकपुर बोल्ट्सले जितेपछिका तस्बिरहरू । तस्बिरहरू रासस र एनपिएलकाे अफिसियल फेसबुकबाट

प्रधानमन्त्री केपी शर्मा ओलीसहित हजारौँ व्यक्तिले एकैपटक गरे ध्यान

विश्व ध्यान दिवसको अवसरमा पुस ६ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सैनिक मञ्च टुडिखेलमाआयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित हजारौँ व्यक्तिले एकैपटक ध्यान गरेका छन् ।

साइकलमा विद्यार्थी

सुनसरीको इनरुवा नगरपालिका–९ मा शुक्रबार साइकलमा विद्यालयबाट घर फर्कँदै गरेका विद्यार्थी । साइकलले मानिसको गतिशीलता र सक्रियता बढाएर उनीहरूको क्षमता बढाउनमा भूमिका खेल्ने तथा मानसिक र शारीरिक विकासमा सहयोग गर्ने

होमस्टेमा पाहुनालाई नृत्यबाट स्वागत गर्दै

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँमा शुक्रबार साँझ पुगेका पाहुनालाई नृत्यबाट स्वागत गर्दै स्थानीय । रुम्सीमा घरबास (होमस्टे) सञ्चालन भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

एनपिएलको फाइनलका लागि तयार कप्तानद्वय ऐरी र शेख

नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख । तस्बिर : सुरज घिमिरे/रासस

सुन्तलाको व्यापार

नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसान छेप्पन तामाङले उत्पादन गरेको सुन्तला बजार लैजाने तयारी गर्दै । यहाँको उत्पादन गुणस्तरीय हुने हुँदा माग अनुसार उक्त सुन्तला पोखरा लैजान लागिएको उहाँले जानकारी दिनुभयो

पूजाका लागि हाकुपटासीमा सजिएका महिला

भक्तपुरको मध्यपुर थिमि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा देवगण पूजाका लागि नेवारी पोशाक हाकुपटासीमा सजिएका महिला । तस्बिर: रत्न श्रेष्ठ/रासस

कम्बलको व्यापार

जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू । चिसो सुरूभएपछि यहाँ कम्बल र काम्लाको राम्रो व्यापार हुने गर्दछ । तस्बिर :

अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता

अछामको मङ्गलसेन नगरपालिका -६ ठुलासैनबाट बुधबार बिहान देखिएको डाँडापाखा हरियाली र हिमश्रृङ्खलाको मनमोहक दृश्य । तस्बिर :सुशील भण्डारी /रासस

समाजसेवी पन्तद्वारा मुगुका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौँको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिवकुमार पन्तले मुगुको सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गर्नुभएको न्यानो कपडा लगाएर लामवद्ध भएका बालबालिका । उहाँले दुई सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी