
किरात राई समुदायको उधौली पर्वको अवसरमा ललितपुर महानगरपालिका–१४ नखिपोटमा किरात राई यायोक्खाले आइतबार आयोजना गरेको साकेला उधौली कार्यक्रममा साकेला नाच प्रस्तुत गरिँदै ।तस्बिरः हरिराम भेटुवाल/रासस

तनहुँको बन्दीपुर गाउँपालिका-६ स्थित सेती नदीमा जलविहार गर्दै पर्यटक । सेदी नदीमा सहासिक जलयात्रा बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

तिसौँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाद्वारा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा उपस्थित हुँदै उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा नगर प्रमुख बालेन्द्र शाहलगायत । तस्बिरः किरणराज विष्ट/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रबार नवौं नानहाइ बौद्ध सम्मेलन काठमाडौँ फोरमलाई सम्बोधन । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भक्तपुरको मतदान केन्द्र मध्यपुर थिमि शङ्खधर चोकको मतदान केन्द्रमा मतदान गर्दै पत्रकार मतदाता । पत्रकार महासङ्घ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला

नेपाल पत्रकार महासङ्घको निर्वाचनपछि शुक्रबार भक्तपुर जिल्लाको मतदान केन्द्र मध्यपुर थिमि शंखधर चोकको मतदान केन्द्रमा मतगणना गरिँदै । जिल्ला, उपत्यका प्रदेश र केन्द्रको छुट्टाछुट्टै तीन ठाउँमा गणना भइहेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’। एक पटक घुम्नै पर्ने र पछिल्लो समय पर्यटकको रोजाइमा परेको उक्त पार्क बेनी– जोमसोम–कोरोला सडक छेवैमा पर्छ भने पार्कमा

एन प्याव्सन तनहुँको आयोजनामा बिहीबार दमौलीमा आयोजित १२ औँ खेलकुद महोत्सवका अवसरमा निकालिएको पदयात्रामा सहभागी विद्यार्थी । तस्बिर: कृष्ण न्यौपाने/ रासस

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँको प्रज्ञा–प्रतिष्ठानमा आज आयोजना गरेको ग्लोबल आइएमई बैंकको १८औँ साधारणसभामा मन्तव्य राख्दै । तस्बिर : गोपाल दाहाल/रासस

शुक्लाफाँटा नगरपालिका-९ नौखरी गाउँस्थित खेतबारीमा पहेँलपुर भएर फुलेको तोरी । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/ रासस