फोटो कथा

सङ्घीय संसद सेवा दिवस – फुटसल प्रतियोगिता

१८औँ सङ्घीय संसद सेवा दिवसका अवसरमा काठमाडौँको भृकुटीमण्डपस्थित फुटसल मैदानमा मङ्गलबार आयोजित फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै प्रतिनिधिसभा एवं राष्ट्रियसभाका सदस्यहरु । तस्बिरः नवीन पौडेल/रासस

कलात्मक प्रवेशद्धार

त्रिधार्मिकस्थल खोटाङको हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा निर्माण गरिएको कलात्मक प्रवेशद्धार । स्थानीय चाम्लिङ राई भाषामा बुङालुङ नाम दिइएको ढुङ्गे बगैँचा पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस

ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमाबार माइतीघरमा आयोजना गरेको सचेतनामूलक कार्यक्रम । तस्बिरः किरणराज विष्ट/रासस

अछाममा हिमपात

अछामको कमलबजार नगरपालिकामा हिउँदे वर्षासँगै हिमपात भएपछि हिउँले सेताम्मे भएको कमलबजार क्षेत्र । तस्बिरः सुशील भण्डारी/रासस

सूर्यास्त

कैलालीको गौरिगङ्गा नगरपालिकाबाट आज साँझपख देखिएको सूर्यास्तको मनोरम दृश्य । तस्बिर : ईन्द्राकुमारी केसी/रासस

गुफापोखरी

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । गुफापोखरी करिब दुई हुजार ८९० मिटर उचाइमा रहेको छ । मौसम खुल्दा पोखरीमा मकालु हिमालको छायाँ देखिने गर्छ । तस्बिर: भविन कार्की

भूटानी नरेश – बौद्धनाथ अवलोकन

अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक बौद्धनाथको अवलोकन गर्दै । तस्बिरः किरणराज विष्ट/रासस

विवाह पञ्चमी

विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह

वीरगञ्जमा सामुहिक बेलविवाह

वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा नेवारी समुदायले कन्याहरुको सामुहिक ईही (बेलविवाह) गराउँदै । तस्बिरः हिमाल लम्साल / रासस

मटकोर विधि हेर्न भक्त्तजनको घुइँचो

सप्ताह व्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन बिहीबार पवित्र सरोवर गङ्गासागरमा मटकोर विधि हेर्न भक्त्तजनको घुइँचो । तस्बिरः चन्द्रदेव साह/रासस