देश

आजको मौसम : तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौँ, माघ ८ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले आज कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ, माघ ८ । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपाल आज आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल बिहान ९ बजेदेखि

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौँ, माघ ८ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका

निर्वाचनका सन्दर्भमा एकपक्षीय प्रचारप्रसार नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाडौँ।  प्रेस काउन्सिल नेपालले निर्वाचनका सन्दर्भमा कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिँदै प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।  प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता

राप्ती राजमार्ग १८ दिन बन्द हुँदै

सल्यान।  राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ सडक बिहीबारदेखि १८ दिन बन्द हुने भएको छ।   सल्यान–दाङको कपुरकोट’हर्नेटी खण्डमा स्तरोन्नति कार्य चलिरहेको छ।  माघ ८ गतेदेखि २५ सम्म दिउँसो सडक बन्द हुने भएको हो। 

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल

काठमाडौँ ।  निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।   कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा

भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।  उहाँले नीति, कार्यक्रम र विचारले स्पष्ट भएर जनताको घरदैलोमा

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख,

पोखरामा जारी एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेद्वारा गण्डकी २२१ रनले पराजित

पोखरा । पोखरामा जारी प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबलाई पराजित गरेको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको

रेशमलाल चौधरीविरुद्ध उजुरी

टीकापुर । कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनुभएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।  स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईको उजुरी दर्ता भएको